Friday, December 10, 2010

केही ताङ्काहरु -



-समदर्शी काइँला

काइँली लुङा !
मायाको शिरबन्दी
ओसिलो रात
मन फुल्यो पीरमा
अम्लारीफुङ् भीरमा




गुफा पोखरी !
अजिङ्गर खेल्दछ
जीवन निल्दै....
रंगिताको खेलमा
मीठो जालझेलमा

गजल

-  सुशिला लामा




फुल्ने रहर थियो सपना, फुलाउनै सकिन
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन

घोट्नु थियो हत्त्केला, खियिसक्यो नंग्राहरु
क्षण भरीलाई पुग्ने खुशी, हुलाउनै सकिन

A Lyric by- Khagendra Pandhak Limbu

एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

राखे पनि झिके पनि पोल्छ भत्भती  
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

कविता





- अशोक पार्थिव तामाङ


ए फूलहरू ! होसियार


ए फूलहरू ! होसियार
अब देखि
कुनै पनि क्षितिजबाट
लाभ्रे किराको  जन्ती गाउँमा आउँदा
रमिते भएर स्वागत नगर्नु
तिमी कहिले नमुस्कुराउँनु
 किनकी
तिनीहरूले
तिमीलाई नै  सिङ्गै चपाएर
पखेटा हाली
उडेर जान्छन् आकाश तिर 
भुरूरूरूरूरूरूरूरूरूरूरूरू............ ।!!!!!


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Thursday, December 9, 2010

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !
by Samadarshi Kainla on Wednesday, December 1, 2010 at 8:12am
कविताको मेलोतुर्नी गीत

-समदर्शी काइँला

कि जीवन-
एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत भइसक्यो !

यहाँ अब आबाद नगर्नू
हिउँझै सङ्लो 
मायाको नदीले भिजाएर
पुरानू खेस्रा केरमेटको 
तृणहरु ताछी फ्याँकेर
किरिङमिरिङ रेखाहस्को
पक्की आली लगाएर
साहा हत्केलाले छेउकुना हिल्याएर

आत्म-प्रबोधन (कविता)

आत्म-प्रबोधन (कविता) 
 Wednesday, October 6, 2010
-समदर्शी काइँला  


तरङ  रङ 
रङ 
 
 
मन म्याराथुन गतिमा दौडन्छ.......!
 हुँदै भान, गम्भीर, स्वफैसला,अवचेतन
सानिक्षता, निख्लम ,असन्तुलन हुँदै
 तरङ रङ
, लगाउँछ समयको पोथ्रामा न्यानू गुँड !
 ओथ्रा बसेर माउविचार  अन्वेषणफुल कोरल्छ

बहुरङ्गको प्रदेशमा प्रवेश

बहुरङ्गको प्रदेशमा प्रवेश

 -समदर्शी काइँला 

 अजायबघरको -मान्छे !
 नेपालीब्याचलर 'सिमसारको राजदूत' हुन खोज्दछ
उन्यू फुलेको हरियो उँधौलीउँभौली समय-
 कि लाग्दछु अब मेन्छ्याम कोक्माको डिलैडिल !
आकाशगंगाको तीरैतीर !
एक बगल कर्याङकुरुङसितै-
मनचरी उड्छ दसगजापारि दसगजावारि ! 

Tuesday, December 7, 2010

युएइमा विभिन्न साहित्यिक संघसंस्थाहरुको एकीकरण अभियान

युएइमा रहनुहुने सम्पूर्ण आदरणीय साहित्यिक अन्तरङ्ग मित्रहरु 
साहित्यिक अभिवादन!
 


उपोद्घात:
 
हामी युएइमा धेरै साहित्यिक संघसंस्थाहरु नेपाली साहित्य परिषद्ने पाल युएइ साहित्य परिषद् अन्र्तराष्टिय नेपाली साहित्य समाज,नेपाली साहित्य तथा सांस्कृतिक समाज, सर्वदा वाङ्मय प्रतिष्ठान र गजल माच गरि छुट्टाछुट्टै नेपाली साहित्यको विकाश र लेखकीय स्वअस्तित्वको खोजतलासमा छौं।नेपाली साहित्यलाई संरक्षण र उन्नयन गर्न भगिरथप्रयत्नमा छौं। छ न त छौं तर हामी फोक्से भएर फुलियांै र सुकेनास भएर सुकियौं अर्थात् केहि गर्न नसकिरहेका छांै को प्रमुख कारण यहाँका सक्कली साहित्यिककर्मीहरुको फूटफाट वा गुट नै हो। गुटबन्दीमा बन्दी भएर तेहींभित्र उदेश्यसहितको पक्ष वा मत वा स्वार्थको निम्ति थुनिएर आजम्म रह्यौं। ूभाषा सिङ्गो हुन्छसाहित्य सग्लो हुन्छू जानेर बुझेर हामी गुटुमुटु परी एकै पोको हुन सकेनौं। तेसो र हामीले नेपाली साहित्यको उन्नयनको लागि चितबुझ्दो काम गर्न नसकिरहेका छौं। तसर्थ युएइमा नेपाली साहित्यको सलग्ग विकाशको लागि ऐजनमा लिखित सप्पै साहित्यिक संघसंस्थाहरुको सोलोडोलो एकीकरण अपरिहार्यता छ।
 

सोलोडोलो एकीकरणको महत्व:
 
ठिक यतिबेला नेपाली साहित्यलाई युएइमा उन्नयन गर्नको लागि सम्यक् सोलोडोलो (An absolute unification)को खनखाँचो परेको छ। आजसम्म एक्लै एक्लै भएर गर्न खोज्यौं तर सकेनौं। नसक्नुको

आत्महत्याको पत्र

आत्महत्याको पत्र 
xxxxxxxxxxx 
-समदर्शी काइँला 
Monday, May 10, 2010 at 6:00am


आफ्नो भएभरको जायजेथा- 
आँशु, पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर
 
बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न
 
'बहुरङ्ग' सपनाको हाटमा जादा-
 
सुक्रीबिक्री फरिफार्छे नभएर
 
यो 'नियाँस्रो आइतबार' समसाँझ !
 
म मरुभूमिको लामो पच्याङबाटो हिडेर
 
एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु।
 

पाँचहरफे प्रयोगवादी कवीता

पाँचहरफे प्रयोगवादी कवीता 
-समदर्शी काइँला 
'अस्तित्वको दाबीमा साबातको बैला उत्सव'गरिरहेको देश !
 
आजसम्मन् यौटा पनि सपूत जन्माउन नसकेको
 
बैला देश र नपुङ्सक समयको नाममा-
 
अस्ति नै लुकेर गरेको मनपरी हस्तमैथुन
 
को नोष्टाल्जिक रङ्ग मेरो कवीता !
 


(मान्छेको आत्महत्याको जग्गाबाट)
 

Thursday, June 17, 2010 

Monday, December 6, 2010

YOU AND I ALONG WITH THE VALLEY OF COLOUR

YOU AND I ALONG WITH THE VALLEY OF COLOUR 
-Samadarshi kainla 

Between the ambivalence and ambsace 
Between the dead land and cactus land 
Between the conception and reception 
Between the primrose and prism 


COGNITIONITY = HUE 
--------------------------------- 

+ + + 
Your first presence 
As essence- 
on the glacial highland/terra-firma 
Of my solitary heart’s physical geography. 

If you are a postmodern writer, you must read Derrida once

 Jacques Derrida was one of the most well known twentieth century philosophers. He was also one of the most prolific. Distancing himself from the various philosophical movements and traditions that preceded him on the French intellectual scene (phenomenology, existentialism, and structuralism), he developed a strategy called "deconstruction" in the mid 1960s. Although not purely negative, deconstruction is primarily concerned with something tantamount to a critique of the Western philosophical tradition. Deconstruction is generally presented via an analysis of specific texts. It seeks to expose, and then to subvert, the various binary oppositions that undergird our dominant ways of thinking—presence/absence, speech/writing, and so forth.

The declaration of The Multicolour Land (An experimental poem)

The declaration of The Multicolour Land (An experimental poem)
-Tuesday, November 30, 2010 at 7:23pm

-Helm-
Overwhelmed
Unidentified Flying object-

O
L
D
P
A
L
M
Y
R
A
-

सुशीला लोप्चन दुरभिगामी उडनतस्तरीमा

दुरभिगामी उडनतस्तरीमा-
सुशीला लोप्चन !
दिलासा दिन्छ, स्निग्ध अनुभूतिहरुले आफूलाई दिलासा दिन्छ
बोधिवृक्ष उमारेर जिजीविषाको चट्टानको चेपमा दिलासा दिन्छ
कि किरिककिरिक भाँचीदिन्छन्
झिँजो लागेर जिउनुले कलमीबोट !
अवचेतन मनरुपी बोधिवृक्षका  हरिया झिक्राझिक्रीहरु 
 दिलासा दिलासामै सारीहिड्छन्-
गाउँदै मृदुलताले जीवनको प्रेमगीत !
'' If there is a green bough in your heart, the singing birds will surely come''  

चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी

कार्बाेनडाइ
अक्साइडको अन्धकूपमा 
पारिस्थिकी अभियन्ताको वक्तव्य
'साइलेन्ट स्प्रिङ'को एक उदासिलो बिहान !  


'इकोलोजिकल निस'मा
 निगुरो खोज्ने तिगेनजोङ्ना !
 निगुरोको मुन्टाहरु मान्छेहरुले खाइसके,
 मान्छेहरुलाई बाघले खाइसक्यो र सक्यो
कि अब मैले जङ्गबहादुरले देखेको सेतो बाघलाई खानुपर्दछ 
 ताकि निगुरोको जीवन स्वतन्त्र परिस्फुरण हुन पाओस् पृथ्वीको चेपचापमा
 मानवेतर स्वायत्त राज्यमा, रचेल कास्रनको 'साइलेन्ट स्प्रिङ'को एक उदासिलो बिहान !


When I feel about Sex.................! (Reformed poem)

When I feel about Sex.................! (Reformed poem)

 Night embraced the virgin nature !
And then we met together
in surreptitious tryst-
The moon and the cloud are playing
a game of hide-and-seek
peeing like a sadist !

A black triangular deep pond !
surrounded by  dense bush
a red crayfish swam here-
for the sake of forth-creature !
white bud of lotus germinated on it
and then slowly winter turned
in a warm spring !

free counters