Tuesday, December 7, 2010

आत्महत्याको पत्र

आत्महत्याको पत्र 
xxxxxxxxxxx 
-समदर्शी काइँला 
Monday, May 10, 2010 at 6:00am


आफ्नो भएभरको जायजेथा- 
आँशु, पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर
 
बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न
 
'बहुरङ्ग' सपनाको हाटमा जादा-
 
सुक्रीबिक्री फरिफार्छे नभएर
 
यो 'नियाँस्रो आइतबार' समसाँझ !
 
म मरुभूमिको लामो पच्याङबाटो हिडेर
 
एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु।
 


,चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु- 
जीवन फगत काकाकूलको तिर्खैतिर्खा!
 
जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा!
 

मेरो म -को अस्तित्व 'ओएसिस फुट्यो
 
र बुच्चियो यौटा बालुवाकणले।'
 

भूइकुहिरोको बाक्लो बर्काे ओढेर
 
दिनमान रोइरहने
 
उज्यालोको चर्काेघाम भन्दा
 
अध्याँरोको झाङमा फुल्ने जूनफूल!
 
मलाई सर्वपि्रय लाग्दैछ।
 


हृदयको कानले प्रस्ट सुन्दैछु-
 
चकमन्न रातको कत्ति मीठो संगीत!
 
हाराकिरी! हाराकिरी ! हाराकिरी!
 
हा.. रा.. कि.. री
 
हा.. रा.. कि.. र
 
हा.. रा क
 
हा.रा
 
हा...
 


'बहुरङ्ग' सपनाको एकदिने हाट भर्ने
 
एकहूल मान्छेहरु!
 
हतार हतार फर्किरहेछन्
 
आ आफ्नो घरतिर
 
मनोहर पानीडुङ्गामा।
 

एकहूल सुनामी लहरहरु!
 
सुटुक्क आएर
 
मन लफलफ भिजाएर जान्छ।
 

तेस्पिछ
 
समुद्रको अथाह गहिराइमा
 
लटरम्म फकि्ररहेको जूनफूल टिप्न
 
म अन्तरीप डिलबाट-
 
झ्वाम्म फालहानेर झरंे।
 

xxxxxxxxxxxxxxxx
 

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters