- सुशिला लामा
फुल्ने रहर थियो सपना, फुलाउनै सकिन
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन
घोट्नु थियो हत्त्केला, खियिसक्यो नंग्राहरु
क्षण भरीलाई पुग्ने खुशी, हुलाउनै सकिन
कहिले मन हाँस्दो हो त, कहिले रुँदो पनि
गुम्सी बस्ने मनकोबेदना, खुलाउनै सकिन
अल्झी बस्छ रहरहरु, तगारोबनी दोबाटोमै
झस्केर दुख्दा मनकोरहर, डुलाउनै सकिन
ओइली झर्यो 'सुशि'को मन, फुलाउनै सकिन
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन
0 YOUR SAYING ON THIS WRITING:
Post a Comment