- अशोक पार्थिव तामाङ
ए फूलहरू ! होसियार
ए फूलहरू ! होसियार
अब देखि
कुनै पनि क्षितिजबाट
लाभ्रे किराको जन्ती गाउँमा आउँदा
रमिते भएर स्वागत नगर्नु
तिमी कहिले नमुस्कुराउँनु
किनकी
तिनीहरूले
तिमीलाई नै सिङ्गै चपाएर
पखेटा हाली
उडेर जान्छन् आकाश तिर
भुरूरूरूरूरूरूरूरूरूरूरूरू............ ।!!!!!
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )




Nepalese Rupee Converter














0 YOUR SAYING ON THIS WRITING:
Post a Comment