Sunday, December 12, 2010

प्रतिबिम्ब - -Pratibha Shahi

प्रतिबिम्ब - -Pratibha  Shahi

 
 शान्त तलाउमा ढुंगा किन हान्यौं ?
थाहा थिएन कस्को प्रतिबिम्ब थियो !!
अब मात्र बाँकीछन् तरंगको लहरहरु,
कतै उर्लिएर छाल नबनोस् !
यदि सक्छौ भने
,हुरी नरोकुन्जेल पर्खन ,
बर्षा नथामुन्जेल पर्खन ,
कालो रात, अनि समय पर्खन,
अनि देख्नेछौ,अनि चिन्नेछौ

कस्को प्रतिबिम्ब रहेछ !
अनि संग संगै
म मुस्कुराएको देख्नेछौ,
कही इन्द्रेणीको छविले सजिएँ कि,
कही जुनेली रातमा चम्किएँ कि,
अनि मलाई भन,
अनि मलाई भन न !
महशुस गर्न सक्छु म.
हावामा छरिएको तिम्रो आवाजहरु,
महशुस गर्न सक्छु म,
तिम्रो स्पर्शले रंगिएको मेरो सतहहरु,
म तिमीलाई,
मात्र तिमीलाई विश्वास गर्छु। 
म त आफै भित्र बन्द छु,
आफुलाई कहाँ देख्न सक्छु र ??

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters