-दिपा लिम्बु राई
तिमी बिना
यो घर,
घर जस्तो छैन आज
मेरो मन जस्तै:
रित्तो - रित्तो छ
यो घरको कोठा..
तिमी बिना,
यी आँखी झ्यालहरु
सबै - सबै बन्द छ
मेरो मनका ढोका..
तिमी बिना,
यो बलेसी
र
यो आगन वरिपरी
रंगिन फुलहरु.....
नफुलेको निक्कै भएछ ?
ओ ,प्रिय !
तिमी बिना...
यो उदासी मन
चुरोटको धुवा जस्तै:
दिशा बिहीन उडिरहेछ
अविरल...
तिम्रै यादहरुमा
रात छिप्पिन्दै जान्छ
यो कस्तो पट्यार लाग्ने
अर्थहीन लामो रात ह ?
तिमी बिना ,
साच्चै,यो मन...
त्यसै-त्यसै आत्तिरहेछ
एक जोर महीनबत्ति जलाएर
एकोहोरो भित्ते घडिलाई हेर्छु म...
घडिको प्रत्येक काटा,
फनफनी !!!
मेरो मन/मष्तिस्कलाई
गिज्जाउदै चक्कर मारिरहेछ
यो पग्लि झरेका महीन जस्तै:
तप...
तप...
तप...
तप...
मेरो आखाको डिलबाट
आशुका थोपाहरु
स्मृतीखोला भएर बगिरहेछ
मलाई निथ्रुक्कै........
तिम्रो सम्झनामा डुबाएर
तिमी बिना,
यहा सबै - सबै मलाई
शुन्य - शुन्य लाग्छ...
यो घर
यो आगन
यो वर्तमान
यधपी ! मलाई विश्वास छ
मेरो चोखो मायाको कसम
हो , तिमी फर्केर आउनेछौ
म तेही समय...
एक जोडी सेतो परेवालाई
निलो आकाशमा उडाई दिनेछु
अनि ,सुनौ ल...
मुर्चुङ्गा र बिनायोको प्रेमिल धुनहरु...
तर...
तिमी बिना ,
यो घर ..
घर जस्तो छैन आज #
0 YOUR SAYING ON THIS WRITING:
Post a Comment