हाँसी खुशी जिउला भनी, दिल्को कसम साँचेको'थे ।
ब्यर्थै खेरा नजाओस है, अमर बनोस हाम्रो माया
झुक्केर नि टाढा नहोस्, आँफै सँग आफ्नै छाँया
केही सपना तिम्रो होला, केही थियो मेरो पनि
मिसिए झै लाग्छ दोमन, सागर सरी गहिरो बनी
हितको माया साथमा हुँदा, सधैं सगै हाँसेको'थे ।
हाँसी खुशी जिउला भनी, दिल्को कसम साँचेको'थे ।
कहिले होला मिलन हाम्रो, लाग्छ कहिले न्यानो घाम
कोरीदिए जीवनको हरपानामा, हृदयको तिम्रो नाम
सम्झनाका लहर पल पल, यसरीनै साँचिरहोस्
अमर प्रेमको बन्धन हरपल जुनएे जुनएे बाँचिरहोस्
पहिलो भेट्मै नजर जुधाइ,हम्ले साईनो गाँसेको'थे ।
हाँसी खुशी जिउला भनी, दिल्को कसम साँचेको'थे।




Nepalese Rupee Converter














0 YOUR SAYING ON THIS WRITING:
Post a Comment