Sunday, December 12, 2010

रङगबादी हाइकु श्रृखला -केदार सङ्केत

" रँगबाद को

हाइकुहरु मा त
माटो बसायो"
1/
रँगको भीर ।
मृत्‍यु मा पनि साँच्चै
रङगनै देखेँ । (मेरो रङगको दर्शन)-मृत्‍यु मा पनि  मैले रंङग बाहेक केही देखिन....
2/
धर्मेन्द्र मान्छे
पातलो छ भन्छौ रे !
बाढी को बेग ।
3 /
नयाँ 'काँइला'

सुल्टो-उल्टो-कसिलो
काब्यका तारा ।
4/
स्वप्निल रंग
कन्दराका कविता
देशका कवि ।
5/
कलीला जुँगे
डा.!'चेवन' चिन्तन
विचार बर्षा ।
6/
रंगका ताल
फ्युजन्का धनी भने
'पार्थिव' मित्र ।
7/
रंङग खेल्दै
जिवन भिजाउने
खगेन्द्र ठिटो ।
8/
हामीलाई त
पहाडे भनेउ है ?
गन्धे शहर ।
9/
त्रिशुली तल
पर्दा गतिलो माछा
टाँगा नुहियो !
10/
डाँडाको घाम
नसम्झ अबो मोरी
अस्ताँउ फेरी ?
--*******--

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters