Thursday, December 9, 2010

बहुरङ्गको प्रदेशमा प्रवेश

बहुरङ्गको प्रदेशमा प्रवेश

 -समदर्शी काइँला 

 अजायबघरको -मान्छे !
 नेपालीब्याचलर 'सिमसारको राजदूत' हुन खोज्दछ
उन्यू फुलेको हरियो उँधौलीउँभौली समय-
 कि लाग्दछु अब मेन्छ्याम कोक्माको डिलैडिल !
आकाशगंगाको तीरैतीर !
एक बगल कर्याङकुरुङसितै-
मनचरी उड्छ दसगजापारि दसगजावारि ! 


 -कथाको कथा दन्त्यकथाजस्तो 
 गाउँखाने कथाले गाउँ नै खाएजस्तो
 बेगाउँ भएर ''
बहुरङ्गको प्रदेशमा-
ऐन्द्रिक संवेदनले  प्रवेश गर्छु,
  भन्छु-

फिस्टो फिस्टीले
महिनौं लगाएर कालकूटको बोटमा
न्यानूगुँड बनाए   

राती आयो एकाएक
तानाशाहजस्तो ठूलो बहुलाहा आँधीबेहरी !

अनि बिहान हेर्दा देखिनँ मैले
फिस्टो फिस्टी, कालकूटको बोट
, उनीहरुले बनाएको गुँड !

 केवल हिउँको चीसो शोचनदी !
उनीहरुको तात्तातो सम्झनामा
 निरन्तर  बगिरहेछ....बगिरहेछ........ 

 त्यो डाह खप्न नसकी
छटपटीले  हामी
तेहीँ कालकूट हलाहल पिएर  गोसाईकुण्डमा  अझैं सुतिरहेका छौं।

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters