कार्बाेनडाइ
अक्साइडको अन्धकूपमा
पारिस्थिकी अभियन्ताको वक्तव्य
'साइलेन्ट स्प्रिङ'को एक उदासिलो बिहान !
'इकोलोजिकल निस'मा
निगुरो खोज्ने तिगेनजोङ्ना !
निगुरोको मुन्टाहरु मान्छेहरुले खाइसके,
मान्छेहरुलाई बाघले खाइसक्यो र सक्यो
कि अब मैले जङ्गबहादुरले देखेको सेतो बाघलाई खानुपर्दछ
ताकि निगुरोको जीवन स्वतन्त्र परिस्फुरण हुन पाओस् पृथ्वीको चेपचापमा
मानवेतर स्वायत्त राज्यमा, रचेल कास्रनको 'साइलेन्ट स्प्रिङ'को एक उदासिलो बिहान !
भीरमौरीको मह
खोज्ने चेपाङबाजे !
मौरीहरुलाई मान्छेहरुले धपाइसके,
मान्छेहरुलाई जडत्वको अरिङ्गालले धपाइसके,'
''म अब ठेकीआरीबनाएर यत्रो परिवार पाल्न सक्दिन''
कि अब मैले जडत्वको अरिङ्गाललाई धपाउनु पर्दछ
ताकि भीरैभीरको रङ्गमा मौरीहरु मनमाफिक रजाइँ गर्न पाओस् !
काठका ठेकीभाँडाहरु
बेच्ने चुनारेकाइँला !
जङ्ललाई मान्छेहरुले मासिसके,
मान्छेहरुलाई अनावृष्टिले मासिसक्यो,
''म अब चिउरीको बोट छोरीबेटीलाई दाइजो दिन सक्दिन''
कि अब मैले अनावृष्टिलाई मास्नु पर्दछ ताकि रुखहरु नाभो
रुखहरु नाङ्गो पाखापर्वतभरि सार्वभौमसत्तासम्पन्न भएर उमि्रयोस् !
पोथ्रापोथ्रीहरुमा
चराको गुँड खोज्ने
स्कूले भुराभुरीहरु ! हाँस,चातक
र बकुल्ला चराहरुले भीरको छेउमा
आत्महत्या गरिसके,चराहरुलाई मान्छेहरुले
सिकार गरिसके,मान्छेलाई पर्यावरणीयइतर संचेतनाले
सिकार गरिक्यो र सक्यो कि अब मैले पर्यावरणीयइतर
संचेतनालाई सिकार गर्नु पर्दछ ताकि पारिस्थितिक प्रणाली सहरा मरुभूमिको
अनि मधेस पहाड र सिमसारको पनि समानान्तर /सहअस्तित्व/ सहस्राब्दी हुन सकोस् !
दुवाली थापेर
विषादि हालेर
माछा मार्ने पाराङ दाइ !
खोला सुक्दै सुक्दै गएको छ,
गाउँलाई निर्जलन भएको छ,
पृथ्वीको आत नै सुकिसकेको 'बापतको
भान'को बेला आजकाल मेरो सपनामा सधैं- सधंै
नित्से रुन्छ, कराउँछ मसित आएर घाप्से हालेर भन्छ-
''धर्तीले नै मलाई जन्म दियो,मरेपछि पनि धर्तीमै फर्केर आराम गर्न
चाहान्छु,यसैले साथीहरु हो ! मेरा लागि पनि यो धरतीलाई माया गर्नुहोला'' सालसालै
सुक्दै गएको निबुखोलाको परिघोषले मौनभाषामा यही भन्छ मलाई ओइलिदै गएको
भीरको काप कापमा फुलेका सुनाखरीका सुकुमारी फूलहरुले यसै भन्छन् मलाई मिक्चिरीका
वनफूलहरुले मलाई पनि स्वागतम्को माला लगाइदिन आतुर छन् साइलेन्ट स्प्रिङको एक बिहान !
कार्बाेनडाइ
अक्साइडको अन्धकूपमा
पारिस्थिकी अभियन्ताको वक्तव्य
'साइलेन्ट स्प्रिङ'को एक उदासिलो बिहान !
-समदर्शी काइँला




Nepalese Rupee Converter














0 YOUR SAYING ON THIS WRITING:
Post a Comment