दुरभिगामी उडनतस्तरीमा-
सुशीला लोप्चन !
दिलासा दिन्छ, स्निग्ध अनुभूतिहरुले आफूलाई दिलासा दिन्छ
बोधिवृक्ष उमारेर जिजीविषाको चट्टानको चेपमा दिलासा दिन्छ
कि किरिककिरिक भाँचीदिन्छन्
झिँजो लागेर जिउनुले कलमीबोट !
अवचेतन मनरुपी बोधिवृक्षका हरिया झिक्राझिक्रीहरु
दिलासा दिलासामै सारीहिड्छन्-
गाउँदै मृदुलताले जीवनको प्रेमगीत !
'' If there is a green bough in your heart, the singing birds will surely come''
दुरभिगामी उडनतस्तरीमा-
सुशीला लोप्चन !
अदीनात्मा युक्लिप्टसको झाङले सहन्छ आँधीबेहरीको अतिक्रमण !
तोपचराको गुँड कठबाँसको टुप्पोबाट भत्काएर धर्तीमा झार्नू
सरहदीय रेखा परिसीमन मेटाउनू स्वकीय जखमले प्रतिबोधन !
कि घाट्निक् क्षितिजतिरको यात्रा हुनुपर्छ,
कुनै आर्किमिडससरह अद्धिती धमिलो त्रिशुली भएर बग्छ.....
परीप्साको परिक्लेशीय कृष्णभीरबाट-
फाल हानेर मरेका हृदयविदारक हृदयवल्लभ तरुनी रहरहरु !!!!!
दुरभिगामी उडनतस्तरीमा-
सुशीला लोप्चन !
सहनशीला- सुशीला !
फिलान्थ्रपिज्मको जग्गामा नयाँ नाटक मन्चन गर्छ
चारदाम ठेकी सहअस्तित्वको प्रेमकुटी !
कि पे्रमकुटीको परालेछानोबाट-
भुकभुकेउज्यालो ताराहरुको बस्ती चिहाउनू
आइन्सटाइनको आँशु डिलमुन्तिरै बगाएर धमिलो त्रिशुली !
कि सयौं किनारहरु छिचोलेर निरन्तर बग्नू-
बगाउँदै महादेशीयतख्ता बग्नु 'आफू' लाई पनि गतिशीलताको रङ्ग !
जीवन भनिदिन्छ।
दुरभिगामी उडनतस्तरीमा-
काफ्काको टिकटिके कीरो हुन नसकेर
गाउँबाट शहर पसेकातिमी सुशीला लोप्चन !
देउलेच्याउलाई जीवनको काँचुली मानेर एकाइसौं शताब्दीसम्मन्
प्रेम र परिपृच्छाको खेलिबस्यौ फगत् देउसीरे ! देउसीरे !
यो 'सोलिच्यूड इन द म्याडिम्याडिङक्राउड'को शहरमा-
कि अब तिमीलाई मृगतृष्णाको मलसाप्रोले तानीबस्छ......
गाउँतिर,ढोला भन्ज्याङतिर र उत्तापट्टितिर-
सांसरिक भद्रगोल जेलबाट भद्रगोल जीवनलाई थुनामुक्त गर्न
कि तिमीले अब हुनैपर्छ काफ्काको टिकटिके कीरो !
-समदर्शी काइँला
Wednesday, October 20, 2010 at 9:20pm
0 YOUR SAYING ON THIS WRITING:
Post a Comment