एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
राखे पनि झिके पनि पोल्छ भत्भती
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
फूल हो कि काँडा प्यारो रोजें सिउँडी
सपनीको रसरंग खोजें बिउँझी
तिता-मीठा झझल्कोलाई गुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
सपना
2 years ago

















0 YOUR SAYING ON THIS WRITING:
Post a Comment