Friday, December 10, 2010

केही ताङ्काहरु -



-समदर्शी काइँला

काइँली लुङा !
मायाको शिरबन्दी
ओसिलो रात
मन फुल्यो पीरमा
अम्लारीफुङ् भीरमा




गुफा पोखरी !
अजिङ्गर खेल्दछ
जीवन निल्दै....
रंगिताको खेलमा
मीठो जालझेलमा





ओ, खुर्पेजून !
तल तमोर नदी 
गडतीरमा-
हाट भर्ने मानिस' !
डुंगाको प्रतिक्षामा


साकुरा फुल्यो
मनको टाकुरामा 
रङ्गीता बोध !
कृष्णविवरबाट-
फिर्ता है आत्महत्या !





0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters