Thursday, December 9, 2010

आत्म-प्रबोधन (कविता)

आत्म-प्रबोधन (कविता) 
 Wednesday, October 6, 2010
-समदर्शी काइँला  


तरङ  रङ 
त रङ 
त
 र
 ङ
मन म्याराथुन गतिमा दौडन्छ.......!
 हुँदै भान, गम्भीर, स्वफैसला,अवचेतन
सानिक्षता, निख्लम ,असन्तुलन हुँदै
 तरङ रङ
र, लगाउँछ समयको पोथ्रामा न्यानू गुँड !
 ओथ्रा बसेर माउविचार  अन्वेषणफुल कोरल्छ ।


धेरैदिन पछिको अन्वेषणफुलको
 समुद्र मन्थनिदै निक्लेर
 म आविष्कारको चिङ्ना कराउँछु-
यो फगत स्वप्नमरीचिकाको इलाका हो।

एरोप्लेनमा निदाएर ऐठन परेको रात!
नागबेले डाँडैडाँडा
नागफणी काँडैकाँडा
झि
र
 र
हे
 थें
म 
 महागर्तमा ।

 झरें एक शर्तमा-
पहिला अन्तरिपको स्यानू डिलमा
हेर्दै दिगदिगन्त समुद्रको झिलमा
त्यो सांसरिक मुत्युको समुद्र !
 भुलभुलैयाबाट-
सूनामी छेकारो काट्दै काट्दै
मतिर पर्तिर  आइरहेछ..........
मनहरु लुन्जा भिजाउँदै भिजाउँदै
तरङ रङ
त रङ
त
र
 ङ

 मनभने उही म्याराथुन गतिमा दौडिबस्छ........! 
मुमूर्षा ! 
अब हाम्रो भेट कहिल्यै हुँदैन
किनभने पूर्णेमा चम्चमाइरहेका
एकबगल स्निग्ध ताराहरु !
जमीनदेखि हेर्दा माथि देखें
एरोप्लेनमा चढेर हेर्दा झनमाथि देखें
र त्यसैरात लेखें एक कविता-
मैले खोजेको जिवन
ताराहरुको मन्जुलबस्तीभन्दा पनि माथि पो र' छ !

र ,धेरैदिन पछिको अन्वेषणफुलको
समुद्रमन्थनिदै निक्लेर 
 म आविष्कारको चिङ्ना कराउँछु-
यो फगत स्वप्नमरीचिकाको इलाका होइन पनि हो । 

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters