Thursday, December 9, 2010

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !
by Samadarshi Kainla on Wednesday, December 1, 2010 at 8:12am
कविताको मेलोतुर्नी गीत

-समदर्शी काइँला

कि जीवन-
एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत भइसक्यो !

यहाँ अब आबाद नगर्नू
हिउँझै सङ्लो 
मायाको नदीले भिजाएर
पुरानू खेस्रा केरमेटको 
तृणहरु ताछी फ्याँकेर
किरिङमिरिङ रेखाहस्को
पक्की आली लगाएर
साहा हत्केलाले छेउकुना हिल्याएर


हली एक खप्पर गिदीसित
बाउसे तन्नेरी मनहरुसित
रोपाहार तरुनी आँसुहरुसित

 'फेत्ल्येरे फेम्पुना'ले दिएको
महङ्गो गेडाहरु रोपेर
अस्तित्वको बोटहरु उमार्नू
विचारको पोटिलो / खँदिलो बालाहरु फलाउनू
अब यहाँ आबाद नगर्नू   

किनकि यो सह गएको समय
अक्षर दलाक्षरहरुको
 स्निग्ध टुसाहरु पलाएर
शब्दहरु पसाएर/ फस्टाएर/नफलेर
यत्रो साल तेतीकै मरेर
खेर गयो बाँझो खेत !

बक्के बसेको बूढो शब्दजीवी !
पसर्िइबसेको पहेंलो सामाझैं उल्फत जीवन !
धारिलो सामुदि्रक आँधीले एक छ्याक्
मारमा छिनिइनुले- 
सकीनसकी हल्लाइरहेछु...........
अन्तिम सूचनाका अररो हातहरु !
मेलोबाट-
हली
बाउसेहरु
रोपाहारहरु
दिगो छुट्टी है,
सामेल हुनू-
मेलो सकौनी मृत्यु उत्सवमा !

कि जीवन-
 एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत भइसक्यो !

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters