Tuesday, December 7, 2010

युएइमा विभिन्न साहित्यिक संघसंस्थाहरुको एकीकरण अभियान

युएइमा रहनुहुने सम्पूर्ण आदरणीय साहित्यिक अन्तरङ्ग मित्रहरु 
साहित्यिक अभिवादन!
 


उपोद्घात:
 
हामी युएइमा धेरै साहित्यिक संघसंस्थाहरु नेपाली साहित्य परिषद्ने पाल युएइ साहित्य परिषद् अन्र्तराष्टिय नेपाली साहित्य समाज,नेपाली साहित्य तथा सांस्कृतिक समाज, सर्वदा वाङ्मय प्रतिष्ठान र गजल माच गरि छुट्टाछुट्टै नेपाली साहित्यको विकाश र लेखकीय स्वअस्तित्वको खोजतलासमा छौं।नेपाली साहित्यलाई संरक्षण र उन्नयन गर्न भगिरथप्रयत्नमा छौं। छ न त छौं तर हामी फोक्से भएर फुलियांै र सुकेनास भएर सुकियौं अर्थात् केहि गर्न नसकिरहेका छांै को प्रमुख कारण यहाँका सक्कली साहित्यिककर्मीहरुको फूटफाट वा गुट नै हो। गुटबन्दीमा बन्दी भएर तेहींभित्र उदेश्यसहितको पक्ष वा मत वा स्वार्थको निम्ति थुनिएर आजम्म रह्यौं। ूभाषा सिङ्गो हुन्छसाहित्य सग्लो हुन्छू जानेर बुझेर हामी गुटुमुटु परी एकै पोको हुन सकेनौं। तेसो र हामीले नेपाली साहित्यको उन्नयनको लागि चितबुझ्दो काम गर्न नसकिरहेका छौं। तसर्थ युएइमा नेपाली साहित्यको सलग्ग विकाशको लागि ऐजनमा लिखित सप्पै साहित्यिक संघसंस्थाहरुको सोलोडोलो एकीकरण अपरिहार्यता छ।
 

सोलोडोलो एकीकरणको महत्व:
 
ठिक यतिबेला नेपाली साहित्यलाई युएइमा उन्नयन गर्नको लागि सम्यक् सोलोडोलो (An absolute unification)को खनखाँचो परेको छ। आजसम्म एक्लै एक्लै भएर गर्न खोज्यौं तर सकेनौं। नसक्नुको

कारण ूएक्लोू हुनु नै हो भन्ने निक्र्यौलमा पुगें म। तसर्थ म युएइमा भएका सप्पै साहित्यिक संस्थाहरुलाई एकगठ पारेर यौटा बलियो साहित्यिक संस्था बनाउन मनसा -कर्मणा- वाचा लागि परेको छु। हामी लागि परेका छौं। मेरो अभीष्ट जसरी इन्द्र बहादुर राई बैरागी काइँला र ईश्वर बल्लभले नेपाली साहित्यलाई दार्जिलिङमा बसेर आधुनिकताको थुम्कोमा पुर्याएर नेपाली इतिहासलाई उँभो लगे ठिक त्यसरी नै हामी युएइमा बसेर नेपाली साहित्यलाई आधुनिकताको थुम्कोदेखि माथि उत्तरआधुनिकताको चुचुरोसम्म र तेस्भन्दा पनि उँभो लानु हो। युएइमा हाम्रो लेखकीय अस्तित्व र नेपाली साहित्यको सत्व कि्रयाकलाप बचाउँनु पनि हो। थपमा -नेपाली साहित्यको केन्द्रिय मूलधारमा हाम्रो स्थान कहाँ छ ? -को सत्व गवेषणा पनि हो यो सोलोडोलो एकिकरण। यो एक्लैले मरिकाट्टे सम्भव छैन। जानेर बुझेर नै म सोलोडोलो एकीकरणको पक्षमा मनैले हस्ताक्षरसहित लागि परेको छु। हामी लागि परेका छौं। 
मचिसको खोल सानो हुन्छ तर सयौं काटीहरु मिलेर अटेका हुन्छन्। हाम्रो मन विकिर्ण चिन्तनमा फराकिलो छ भने हामी यौटै संस्थामा सजिलै अटेर मचिसको काटीहरुजस्तै मिलेर बस्न सक्छांै। आफूलाई खोज्दा अरुलाई पनि खोज्नुपर्दछ भन्ने सहअस्तित्वको सिद्धान्तमा हामी सगोलमा रहने छौं। मलाई पूर्णविश्वास छ, मेरा साहित्यिक मित्रहरुमा यो सम्यक् चिन्तनको विकाश भइसकेको हुनुपर्छ। यसै सिलसिलामा म तपाईहरुलाई अर्काे घतलाग्दो उदाहरण संयुक्त अरब इमिरेट्सलाई दिन्छु।सातओटा इमिरेट्सहरु मिलेर संयुक्त अर्थात् एक भएको छ। र,विकसित भएको छ। हामी यही ठाउँमा बसेर साहित्यजस्तो पवित्र थलोलाई चिरा -चिरा पारेर आफू पनि चिरिएका छौं। मलाई यसको उत्पीडनले शिथिल बनाएको छ। तपाई साहित्यिकबन्धुहरु सबैलाई उस्तै शिथिल बनाएको हुनुपर्छ। तेसो र संयुक्त अरब इमिरेट्सजस्तै हामीले पनि संयुक्त हुन पहिलो आवश्यकताबोध भएको छ।
 
अर्काे कुरो हामी एक भयौं भने आपस्तमा विमर्श हुन्छ। चलखेल हुन्छ। विमर्शको चलखेलले नै हाम्रा सृजनशक्ति बलियो बनाउँदै लान्छ। हामीलाई बोध हुन्छ कि सम्भावनाका असीमित क्षेत्रहरु छन् हजारौं उद्घाटन नभएका स्थानहरु छन्अनेकन् बिम्बहरु आजसम्म प्रयोग भएकै छैनन् जबकि अनुकरण गर्नेले केवल अरुले हिडेको बाटो हिड्छ अनि अति परिश्रम गरेर केहि फूल आर्जन गर्छ जुन उसका अग्रजले कि त छोएका छैनन् वा उपेक्षा गरेर छोडेका छन्। जानेर बुझेर हामी सक्कली साहित्यमा नूतन आविष्कार गर्न थाल्नेछौं।
 
साहित्यिक अन्तरङ्ग मित्रहरु !
 
हामी एक भयौं भने युएइमा नेपाली साहित्यको विकाशको लागि धेरै महत्वपूर्ण कामहरु गर्न सक्छौं। प्रत्येक महिना साहित्यिक गोष्ठी वैचारिक विमर्शता लेखन प्रकाशन चलखेल र समीक्षण आदि आदि। समीक्षाले कलाको स्थान यसका पाठक र विश्वमा सृजनाको अवस्थाको चर्चा गर्दछ। यी कि्रयाकलापहरुले नेपाली साहित्य बँच्छ र हामी पनि बाँच्छौं। तसर्थ एक शब्दमा भन्नुपर्दा नेपाली साहित्य र हामी युएइमा रहेका नेपाली सर्जकहरुको सहअस्तित्वको गवेषणा नै हो सोलोडोलो एकीकरण।
 
सोलोडोलो एकीकरणको विशेष लक्ष्यहरु:
 
१) साहित्यिक गोष्ठी:
 
हामी एक भयौं भने निश्चय नै शक्तिशाली हुनेछौं। शक्तिशाली नभइकन गतिलो काम गर्न सक्दैनौ। आजसम्म सो काम गर्न सकेनौं को कारण पनि खनतलासीमा लिदा हामी Unity within diversity वा conglomeration of many मा एक नभएर नै हो। त्यसो हुन हामीलाई शरीरलाई अ_िक्सजनको मात्राजत्तिकै झैं आवश्यक छ। र, सो भएपछि प्रत्येक महिनाको एकपल्ट साहित्यिक गोष्ठी गर्न सक्नेछौं र गर्नेछौं। गोष्ठीमा विद्धान लेखकहरु तथा समस्त साहित्यानुरागीहरुको जमघट हुन्छ हुनुपर्छ। साहित्यिक छलफल हुन्छ। विमर्श चलखेल हुन्छ। यसले हामीलाई र नेपाली साहित्यलाई दुवैलाई संरक्षण र विकाश गर्न सघाउँछ।
 
हामी एकीकरण हुनेबित्तिकै यौटा विशद साहित्यिक गोष्ठी गर्नेछौं। जसमा नेपालबाट दिग्गज बरिष्ठ साहित्यकारहरु आउँनु हुनेछन्। र यहाँका साहित्यकारहरु र नेपालबाट आउँनुहुने साहित्यकारहरुको बीचमा सम्यक् विमर्श हुन पाउँनेछन्। युएइमा नेपाली साहित्यको चौतर्फी विकाशको लागि आपस्तमा छलफल र निर्णयात्क कार्य हुनेछन्। यस्ले विश्व नेपाली समुदायमा जैकी मोजाहुले भन्नुभएजस्तै एउटा नयाँ सन्देश जान्छ। थपमा यसले हाम्रो सफलमनोरथमा सफलीभूतको सन्देश जान्छ। अनि बिस्तारै हामी नेपाली साहित्यको डायस्पोरिक इतिहासमा नहराउने गरी दार्जिलिङजस्तै बनेर आउँनेछौं। आउनुपर्छ भन्ने मेरो उत्कट अभीष्ट हो।
 
२ ) सहअस्तित्वको गवेषणा:
 
ूनेपाली साहित्य साझा चौतारी हो ,रंगीचंगी फूलहरुको चौतारीू। यो मेरो मात्तै एकलौटी सम्पत्ति होओइन। यो हाम्रो साझा सम्पत्ति हो। हाम्रो भनेपछि त्यसमा '' मात्र खोज्नु हुँदैन। म मात्र खोज्दा नै हामी यतिन्जेल हरायौं। अब हामी आफूलाई पनि भेट्दै अरुलाई पनि भेट्दै सहअस्तित्वको सिद्धान्तमा रहने छौं। सबभन्दा पहिले हामीले यो चेतनाको विकाश गर्न जरुरी छ। साहित्यमा समन्वितचेतनाजस्तै सहअस्तित्वको गवेषणामा समदर्शीतामा पारदर्शीतामा मिलेर काम गर्नेछौं। म यसलाई मूलमन्त्र पनि मान्छु।
 
३)नेपाली केन्द्रिय साहित्य अर्थात् राजधानी साहित्यसित सापेक्षिक सम्बन्धनको विकाश:
 
युएइ नेपाली साहित्यले जबसम्म नेपाली केन्द्रिय साहित्यसित सापेक्षिक सम्बन्धन राख्तैन तबसम्म फस्टाउन पाउँदैन। यो भनेको लक्ष्यमा पुग्नको लागि मूलधारको साहित्यसित सहयात्रा गर्नु हो। राजधानी साहित्य के हुँदैछ? कतातिर जादैछ? नजिकबाट हेर्दै र आफूलाई पनि हेरीमाग्दै सहकार्य गनुपर्दछ। सम्पर्कमा रहनुपर्दछ। अनि मात्र सापेक्षिक सम्बन्धन झाङ्गिन पाउँछ। र हामीले युएइमा गरेका साहित्यिक कि्रयाकलापहरुको अभिलेख नेपाली साहित्यको इतिहासमा रहन सक्छ।
 
४) साहित्यिक मासिक पत्रिकाको प्रकाशन:
 
हामी युएइबाट गरिमा र मधुपर्कजस्तै उत्कृष्ट निख्लम साहित्यिक पत्रिकाको प्रकाशन गर्नेछौं। प्रकाशन गर्नुको उपादेयता भनेको हाम्रा सृजनाहरुलाई पाठकसम्म पुर्याउँनु हो। हाम्रा साहित्यिक चलखेलहरुलाई केन्द्रमा सूचना दिनु पनि हो। केन्द्रबाट राम्रा खँदिला सृजनाहरु यता ओसार्नु पनि हो। डायरीभित्रै बन्दी यहाँका सारा सृजनाहरुलाई प्रकाशन गरेर स्वतन्त्र जीवन दिनु पनि हो। यो पत्रिकाले हाम्रो अस्तित्वको दावीमा महत्वपूर्ण भूमिका खेल्छ।
 
५) साइबरसंस्कृतिमा प्रवेश:
 
यतिबेला हामी साइबरसंस्कतिमा प्रवेश गर्दैछौं। अब हामीले यसमा नपसिकन धर पाउँदैनौं। साइबरसंस्कृति भनेको इलेक्टोनिक माध्यमले संसारको रुप बदल्न खोजेको अर्वाचीन संस्कृति हो। परोक्ष यथार्थतामा हुर्किरहेको सम्पूर्ण वैश्विकसंस्कृति नै साइबरसंस्कृति हो। अब हामीले साइबरकल्चरमा सहभागी हुनैपर्छ। त्यसको लागि हामी संस्थाको वेभसाइट खोल्नेछौं। र हामी अहिलकॊ नयाँ लेखन साइबरसंस्कृतिभित्र साहित्यमा डिजिटल कल्चर,साइबरपङ्क, साइबरफेमिनिज्म,परादेशीयता र भर्चुअल रियलिटीको अध्ययन गरी सृजनामा नयाँ आविष्कार गर्नेछौं। हाम्रो लेखकीय अस्तित्वलाई समयसापेक्ष बचाउँन हामी यता पनि पस्नेछौं।
 
६)विश्वव्यापी कविताकथानिबन्ध तथा गजल गोष्ठी:
 
हामीले एकीकरण हुनेबित्तिकै विश्वव्यापी कविता कथा निबन्ध तथा गजल गोष्ठी गर्नुपर्दछ। यसले हाम्रो संस्थाको वैश्विक इमेज बन्छबन्नुपर्छ। हाम्रो औपचारिक चिनापर्ची दुनियाँसित हुन्छहुनुपर्छ। विश्वमा हाम्रो उपस्थिति यसरी पनि हुन्छ।
 
७)कृति प्रकाशन:
 
हामीसित धेरै कृतिहरु प्रकाशन हुन नपाएर अलपत्रै परीरहेका छन्। कति कृतिहरु जन्मदै छन्। ती सबैलाई हामी क्रमश प्रकाशन गर्दै लानेछौं। र यी कृतिहरुको प्रशारण बिकि्रवितरण बजार व्यवस्थापन आदि कुराको बन्दोवस्ती पनि हाम्रो संस्थाले राम्ररी गर्नुपर्दछ।
 
८) पुरस्कारको स्थापना:
 
हाम्रो संस्थाले वार्षिक साहित्यिक पुरस्कार ५० हजार राशीको स्थापना गर्नु पर्दछ। युएइका राम्रा प्रतिभाशाली साहित्यकारहरुलाई यसले आदरसम्मान गर्दै लानु पर्दछ। यसरी सृजनालाई सम्मान गरियो भने सर्जकको लेखनप्रति अभीप्सा जागेर आउँछ र झन झन लेख्न थाल्छ। यो सृजना र सर्जक बँचाउँने यौटा उपाय पनि हो।
 
९) सम्मान कार्यक्रम:
 
हामीले यो संस्थाको नाउँबाट यौटा सम्मान कार्यक्रम वर्षेनी गर्नुपर्दछ। नेपालका बरिष्ठ साहित्यिकारहरुलाई तथा यहाँ युएइका पनि प्रतिभाशाली साहित्यिकारहरुलाई दोसल्ला ओढाई केहि रकम प्रदान गरी सम्मान गर्यौंभने संस्थाको नाम सुवास चारचौरास फैलिन्छ। अंशत यसरी पनि हामी फैलिन्छौं सरहदविहीन भएर भाषामा जातीविहीन भएर धर्मविहीन भएरपरादेशीयता भएर तर भएर। भएर भनेको सत्वको सर्वनास नहुनु भनेको हो।
 
१०० पाश्चात्य साहित्यमा नेपाली साहित्य र सर्जकको उपस्थिति:
 
पाश्चात्य साहित्यमा नेपाली साहित्यलाई पुर्याउँन र सर्जक पुग्नको लागि अब हामीले अंग्रेजी भाषामा पनि लेख्नै पर्छ कि त अनुवाद गरी तेता लैजानुपर्छ। अब बन्ने एकीकृत संस्थाले यो काम पनि गर्नैपर्छ।र हाम्रो संयुक्त प्रयासबाट मात्र यो सम्भव छ।
 

सांगठानिक ढाँचाकाँचा:
 

संरक्षण समिति

सल्लाहकार समित
 
अध्यक्ष
 
उपाध्यक्ष १
 
उपाध्यक्ष २
 
महासचिव
 
सचिव
 
कोषाध्यक्ष
 
सह कोषाध्यक्ष
 
अन्र्तराष्टिय संयोजक तथा प्रवक्ता
 
विभागीय प्रमुख
 
१ गध्य
 
२ पध्य
 
३ गीत गजल
 
४संगठन
 
५ प्रकाशन
 
६कला संस्कृित
 
७ मूल्याङ्कन
 
८ सदस्यहरु ६ जना
 
यसरी हामीले यौटा अत्यन्तै फराकिलो प्लेटफर्म बनाउँनु पर्दछ जहाँ सप्पैजना अट्न सक्छौं। यो उत्तरआधुनिक ढाँचाकाँचा पनि हुन्छ। र यो संस्था उदाहरणीय नमूना संस्थाको रुपमा विकाश हुनेछ।
 

उपसंहार:
 
मेरा सम्पूर्ण आदरणीय साहित्यिक साथीहरु!
 
म तपाईहरुलाई शालीन आग्रह गर्दछु। आउँनोस्, हामी सप्पै मिलेर यौटै थलोमा जम्मा होऔं। स्वार्थग्रन्थिलाई फुकुवा बनाऔं। समाजको कल्याण तथा साहित्यको कल्याणमा लागौं। एकै सिद्धान्त मत उदेश्य व्यवहार र सोचका सर्जकहरु अलग अलग रह्यौं र विरोधमा उभियौंभने स्वयंपराजित हुनेछौं। तेसो र अग्रगामी चिन्तनको चिन्ता लिऔं। यएइमा नेपाली साहित्यको उन्नयनमा एकगठ भएर लागिपरौं। मलाई पूर्णविश्वास छ हामी गन्तव्यको सर्वाेच्च शिखरसम्म पक्का पुग्नेछौं।
 



समदर्शी काइँला 
अध्यक्ष, नेपाल- युएइ साहित्य परिषद् 
Thursday, April 29, 2010

0 YOUR SAYING ON THIS WRITING:

Post a Comment

free counters