Friday, December 10, 2010

केही ताङ्काहरु -



-समदर्शी काइँला

काइँली लुङा !
मायाको शिरबन्दी
ओसिलो रात
मन फुल्यो पीरमा
अम्लारीफुङ् भीरमा




गुफा पोखरी !
अजिङ्गर खेल्दछ
जीवन निल्दै....
रंगिताको खेलमा
मीठो जालझेलमा

गजल

-  सुशिला लामा




फुल्ने रहर थियो सपना, फुलाउनै सकिन
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन

घोट्नु थियो हत्त्केला, खियिसक्यो नंग्राहरु
क्षण भरीलाई पुग्ने खुशी, हुलाउनै सकिन

A Lyric by- Khagendra Pandhak Limbu

एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

राखे पनि झिके पनि पोल्छ भत्भती  
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

कविता





- अशोक पार्थिव तामाङ


ए फूलहरू ! होसियार


ए फूलहरू ! होसियार
अब देखि
कुनै पनि क्षितिजबाट
लाभ्रे किराको  जन्ती गाउँमा आउँदा
रमिते भएर स्वागत नगर्नु
तिमी कहिले नमुस्कुराउँनु
 किनकी
तिनीहरूले
तिमीलाई नै  सिङ्गै चपाएर
पखेटा हाली
उडेर जान्छन् आकाश तिर 
भुरूरूरूरूरूरूरूरूरूरूरूरू............ ।!!!!!


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Thursday, December 9, 2010

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !

एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत !
by Samadarshi Kainla on Wednesday, December 1, 2010 at 8:12am
कविताको मेलोतुर्नी गीत

-समदर्शी काइँला

कि जीवन-
एक फोक्टो ऐलानी पटबाँझो कागजीखेत भइसक्यो !

यहाँ अब आबाद नगर्नू
हिउँझै सङ्लो 
मायाको नदीले भिजाएर
पुरानू खेस्रा केरमेटको 
तृणहरु ताछी फ्याँकेर
किरिङमिरिङ रेखाहस्को
पक्की आली लगाएर
साहा हत्केलाले छेउकुना हिल्याएर

आत्म-प्रबोधन (कविता)

आत्म-प्रबोधन (कविता) 
 Wednesday, October 6, 2010
-समदर्शी काइँला  


तरङ  रङ 
रङ 
 
 
मन म्याराथुन गतिमा दौडन्छ.......!
 हुँदै भान, गम्भीर, स्वफैसला,अवचेतन
सानिक्षता, निख्लम ,असन्तुलन हुँदै
 तरङ रङ
, लगाउँछ समयको पोथ्रामा न्यानू गुँड !
 ओथ्रा बसेर माउविचार  अन्वेषणफुल कोरल्छ

free counters